गोरखाको लाप्राकमा हिमपात

गोरखा | माघ १०, २०८०

गोरखाको लाप्राकमा हिमपात

गोरखा:     गोरखाको उत्तरी क्षेत्र धार्चे गाउँपालिका –४ लाप्राकमा हिमपात भएको छ । बुधबार दिउँसो करिब ३ बजेबाट हिमपात भइरहेको धार्चे –४ का वडा अध्यक्ष किसान गुरुङले जानकारी दिए ।


उनका अनुसार हिमपात परेपछि भने त्यहाँका स्थानीय होटेल ब्यबसायी तथा किसानहरु खुशी भएका छन् । हिउँ परेपछि लाप्राकमा हिउँ खेल्न जानेहरुको भिड लाग्नेगर्छ । लाप्राकामा होटेल व्यवसायीहरु खुशी भएका छन् । 


त्यस्तै, हिउँ परेपछि लाप्राकाका स्थानीय किसानहरु पनि खुशी भएको स्थानीय युवक सन्तबहादुर गुरुङले जानकारी दिए । हिउँ पर्नाले खेतीपातीलाई पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।  


बुधबार दिउँसो ३ बजेबाट लाप्राकामा हिउँ परेको छ । अन्य दिनको तुलनमा गोरखामा अहिले चिसो बढेको स्थानीयको भनाइ छ । 

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्